You are viewing the translated version of सुनुवाईसम्बन्धी कार्यविधि.
Rule 26
सुनुवाईसम्बन्धी कार्यविधि
(१) देहायका पदहरू रिक्त भई नियुक्तिका लागि सिफारिस गर्दा रिक्त रहेको पदको लागि सम्भाव्य उम्मेदवारको नाम प्रस्ताव गरी संसदीय सुनुवाईको लागि सम्बन्धित/निकायबाट समितिमा पठाउनु पर्नेछ:-
(क) नेपालको प्रधान न्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीश,
(ख) न्याय परिषद्का सदस्य,
(ग) संवैधानिक निकायका प्रमुख र पदाधिकारी,
(घ) राजदूत।
तर यस नियममा उल्लिखित कुनै कुराले संसदीय सुनुवाई गर्नु पर्ने कुनै पद रिक्त हुनुभन्दा पहिले नै नियुक्तिको प्रक्रिया प्रारम्भ गरी उक्त पदमा नियुक्तिको लागि प्रस्तावित उम्मेदवारको नाम प्रस्ताव गरी संसदीय सुनुवाईको लागि सम्बन्धित निकायबाट समितिमा पठाउन कुनै बाधा पारेको मानिने छैन।
(२) उपनियम (१) बमोजिम प्राप्त नामावलीमाथि समितिले सम्बन्धित निकायबाट पत्र प्राप्त भएको मितिले पैँचालीस दिनभित्र सुनुवाई गरी प्रस्तावित/पदको लागि समितिको निर्णयसहित सम्बन्धित निकायमा पठाउनु पर्नेछ। उक्त समयभित्र समितिले सम्बन्धित निकायमा आफ्नो निर्णय उपलब्ध गराउन नसकेमा सुनुवाईका लागि पठाइएको पदमा नियुक्तिको लागि कुनै बाधा पुग्ने छैन।
(३) उपनियम (२) बमोजिम समितिबाट प्राप्त निर्णयमा प्रस्तावित नाम अस्वीकृत नभएको भए निजलाई सम्बन्धित निकायले प्रस्तावित पदमा नियुक्त गरी त्यस्तो जानकारी समितिमा पठाउनु पर्नेछ।
(४) समितिको बैठक सभापतिले बोलाउनेछ। समितिको बैठक बस्नका: लागि समितिका सम्पूर्ण सदस्य सङ्ख्याको एकाउन्न प्रतिशत सदस्यको उपस्थिति अनिवार्य हुनेछ।
(५) उपनियम (१) बमोजिम प्राप्त नाम समितिको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत नभएमा अनुमोदन भएको मानिनेछ।
तर कुनै प्रस्तावित उम्मेदवारको नाम समितिको सम्पूर्ण संदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट अस्वीकृत भएमा समितिले सुनुवाईको लागि प्राप्त नामको सम्बन्धमा समितिमा भएको कारबाही, समितिलाई प्राप्त कागजात तथा अन्य विवरण यथाशीघ्र सम्बन्धित निकायलाई उपलब्ध गराउनु पर्नेछ। (६) समितिको अन्य कार्यविधि समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ।